FAQs Complain Problems

सूचना तथा समाचार

ग्यालरी

बाँकेको खजुरा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । हाम्रो सम्मान परियाेजना तथा माइती नेपालको प्राविधिका सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे SIMS प्रविधि मार्फत डिजिटल अपाङ्गता परिचय पत्र वितरण कार्यको समवात गरेको हो । गाउँपालिका भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक,अपाङ्गता व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।

मिति: 01/24/2023 - 18:30

बाँकेको खजुरा गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । सुचना प्रविधी क्षेत्रमा बिश्वमा भएका प्रबिधिहरुको प्रयोग गर्दै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी सिस्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष विकले बताउनु भयो ।

मिति: 01/24/2023 - 18:28

खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्र को आयोजनामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अनतर्गत आयुर्वेद स्वास्थ्य , स्वस्थ जिबनशैली , स्थानिय स्तरमा पाइने medicine plant र योग शिक्षा सम्बन्धि खजुरा गा.पा वडा नं १ को मैटहबा माध्यमिक विद्यालय अध्यनरत कक्षा ९- १२ का बिद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम समपन्न भएको छ |

मिति: 01/09/2023 - 17:52
, ,

खजुरा गाउँपालिकाको गाउँ सभाको १२ औँ अधिवेशन २०७९|९|२४ गते शुभारम्भ भएको छ | सभाले आ.व २०७९|८० को अर्धवार्षिक समिक्षा, खजुरा गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९,खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९,खजरा गाउँपालिकाको नगर प्रहरी सम्बन्धी ऐन, २०७९,खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ प्रस्तुत भएको थियो | साथै खजुरा गाउँपालिका विभिन्न वडा तथा शाखाका कार्यक्रम,योजना संशोधन भई पारित भएको भने अन्य विषयमा मिति २०७९|९|२९ गते छलफल हुने भएको छ |

मिति: 01/09/2023 - 14:19
, , ,

ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको छ।यो कार्यक्रम सबै वडाहरूमा लागु हुने छ ।

मिति: 01/03/2023 - 12:53

मिति २०७९|९|१३ गते खजुरा गा.पा महिला तथा बालबालिका शाखा को आयोजनामा तथा १ देखि ८ वटा वडा कार्यालयको समन्वयमा ‍महिला विकासका लागि भएका बेजिङ्ग घोषणापत्रका बाह्र वटा प्रतिवद्धता तथा CWEDA राष्ट्र संघका प्रस्तावहरुको बारेमा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |

मिति: 12/28/2022 - 16:02
, , ,

खजुरा जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा गाउँपालिका !!!

मिति: 12/22/2022 - 10:52

Pages